काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन् ।
खुमलटार पुगेर उनीहरूले आज विहान प्रचण्डलाई भेटेका हुन्। प्रचण्डसंगको भेट वार्ता विशेषगरी समसामयिक राजनीतिबारे केन्द्रित रहेको थियो ।
सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे भेटर्वातामा छलफल गरिएको गृहमन्त्री खाणले बताए ।
गृहमन्त्री खाणका अनुसार समसामयिक राजनीति, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भएको थियो ।
प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ ।
गृहमन्त्री खाणले यस अघि पनि नागरिकता विधेयकबारे पटकपटक दलहरूसँग छलफल गरेका थिए।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ। यस विषयको निर्णयका लागि दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटर्वाता गरेका हुन् ।




