स्थानीय तह निर्वाचन-२०७९

ललितपुरमा ४१ हजार ३८८ मत गन्दा चिरीबाबु नौं बजार बढी मतले अगाडि

ललितपुर । ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गनिसक्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजार भन्दा बढी मत अन्तरले अघि छन् ।

निवर्तमान मेयर समेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १,९७० मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायमै छ । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्य भन्दा ३,५३९ मत अन्तरले अगाडि छिन् । मञ्जलीले ११ हजार ९६५ मत पाउँदा बाबुराजको मत ८,४२६ मात्र छ ।

उपमेयरका अर्का उम्मेदवार स्वणर्िम शाक्यको पक्षमा ३,३७९ मत परेको छ । नेपाली कांग्रेसको उपमेयर उम्मेदवार नै नभएको रुख चिह्नमा ५ हजार ८०० मत परेको छ । ललितपुरमा नेपाली कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *