राजनीति

रामगोपालपुरकाे मेयर र उपमेयरमा एमाले, वडामा माओवादी केन्द्रको बर्चस्व

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुखमा राम दुलार साह र उपप्रमुखमा रिनादेवी यादव निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट राम दुलार साहले ५३४० र रिनादेवीले ४२६३ मत ल्याएर विजयी भएका हुन् ।

साहका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका अशोक कुमार मण्डलले ३५८६ मत मात्र प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी पुष्पा देवी कुशाहाले ४२६३ मत प्राप्त गरिन् ।

जम्मा ९ वटा वडा रहेको यस नगरपालिकामा वडा अध्यक्षमा भने माओवादी केन्द्रले बहुमत ल्याएको छ । वडा न.१, २, ८ र ९ मा माओवादी केन्द्र, ३,४ र ७ नेकपा एमाले, वडा न.५ मा नेपाली कांग्रेस र वडा न.६ मा लोसपाले जित हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *