राजनीति

भरतपुर महानगरमा गठबन्धनको अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की दाहालले छ हजार २४९ मतका साथ अग्रता लिकएकी हुन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार १४० मतका साथ उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ६११ र राप्रपाका हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *