राजनीति

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलालाई सोधपुछ गरेर छाडियो

काठमाडौं । नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

प्रहरीले उनलाई देउखुरीको भालुबाङबाट आज बिहान पक्राउ गरेको थियो । उनलाई सामान्य सोधपुछ गरेर छाडिएको प्रहरीले जनाएको छ ।

बास्तोला सुर्खेतस्थित घर जाँदै गरेका थिए । त्यहीबेला उनलाई राप्ती गाउँपालिकाको भालुबाङमा प्रहरीले रोकेको थियो । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बास्तोलालाई सोधपुछ गरेर छाडेको जानकारी दिए ।

बास्तोला निर्वाचन बहिस्कारको पक्षमा रहेको र उनका कार्यकर्ताहरुले विभिन्न स्थानमा निर्वाचन विरोधी गतिविधि गरेको रिपोर्टिङ प्रहरीमा आएकाले सोधपुछ गरेको प्रहरीको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *