समाचार

काठमाडौँ महानगरमा विवेकशील साझाले दियो उम्मेदवारी

काठमाडौँ । विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ ।

विवेकशील साझाबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन पत्र दर्ता गराएका छन् ।

उनीहरूले आज (आइतबार) काठमाडौँको राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयरमा उम्मेदवारी दिएकी समीक्षा गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बनेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *