समाचार

एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति अमेरिकी सांसदहरुको आभार व्यक्त

काठमाडौँ ।नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग भएको अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धता समेत व्यक्त गरेका हुन् ।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राख्नु भएको समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गर्नु भएको हो । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *