समाचार

बोदेबर्साइन नगरपालिकामा जसपा नेपालले मेयर र उपमेयर लगायो टुंगो

काठमाडौं । बोदेबर्साईन नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा )नेपालले मेयर र उपमेयरका उमेदवार शुक्रबार टुंगो लगाएको छ।

वर्तमान मेयर आतेश कुमार सिंह यादवलाई नै जसपाले मेयरमा उठाउने पार्टीले निर्णय गरेको छ ।

उपमेयरमा रेणु कुमारी साहलाई सिफारिस गरिएको जसपा नेपाल बोदे बर्साईन नगर समितिको अध्यक्ष तथा जसपा नेता अरुण यादवले जानकारी दिएका छन् । २०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर विजय भएका थिए । उनले ४ हजार ५४७ मत ल्याएका थिए ।

उपमेयरमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट रन्जु कुमारी साह निर्वाचित भएकी थिइन् ।उनले ३ हजार ७२१ मत ल्याएकी थिइन । उनले राष्ट्रिय जनता पार्टी नेपालकी रेनु कुमारी साहलाई ९१ मतले हराएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *