समाचार

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब शनिबार बस्ने

काठमाडौं।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने गरी बोलाइएको बैठक अब शनिबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्नेगरी सारिएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते विहान ११ बजे बस्ने भएको छ,’ पौडेल भनेका छन् ।

साथै शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

May be an image of text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल नेपाल वैशाख ९, २०७९ केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्बन्धमा ー नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख गते शुक्रबारका दिन दिउँसो बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख ૧০ गते विहान १૧ बजे बस्ने भएको छ उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ। कृष्णप्रसाद पौडेल मुख्य सचिव टैनिम्ोन:।९३8-9।/४१८२६३/११६३२६४ ५੧૬३२६४ ५੧5३२६५, फुयाक्स टेलिफोन: E-mail:info@nepalicongress.org, Internet Access: www.nepalicongress.or'

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *