राजनीति

एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् ।

चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ ।

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ ।

सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गर्ने भरतपुर महानगर कमिटीका एक पदाधिकारीले बताए ।

उनका अनुसार सुवेदी सर्वसम्मत रुपमा मेयरमा सिफारिस गर्न २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीको प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *