रेडियो

न्युज कारखानाबाट निःशुल्क एफएम रेडियो सुनाउन सकिने


काठमाडौं ।  भिडियो, फोटो र टेक्स्ट सुबिधा एकै ठाउँबाट दिइरहेको नेपालको पहिलो समाचार एजेन्सी न्युज कारखानाले एफएम रेडियो निःशुल्क रुपमा सुनाउने व्यवस्था मिलाएको छ । 

सूचना, समाचार र मनोरन्जनको प्रभावकारी माध्यम एफएम रेडियोहरू न्युज कारखानामा दर्ता भएलगत्तै निःशुल्क रुपमा सुनाउन र सुन्न सक्नेगरी व्यवस्था मिलाइएको छ ।

न्युज कारखानाको सामाजिक दायित्वअन्तर्गत समाजको सबैभन्दा तल्लो तहसम्म पुग्ने एफएम रेडियोलाई अझ प्रभावकारी बनाउन निः शुल्क सुन्न सक्ने व्यवस्था मिलाएको न्युज कारखानाकी निर्देशक प्रबिना कार्कीले भनिन्, । 

‘दुर्गम गाउँका एफएम रेडियोको पनि संसारभर पहुँच पुगोस् भन्ने हेतुले न्युज कारखानाको यो सेवा निःशुल्क दिएको छ, निर्देशक कार्कीले भनिन् । उनका अनुसार न्युज कारखानामा दर्ता भएका समाचार संस्थाले मात्र यो सुबिधा प्राप्त गर्नेछन् । 

दर्ता भएका एफएम रेडियोको वेभसाइटमा सजिलै जान मिल्ने थप सुबिधा पनि उपलब्ध छ । ‘न्युज कारखानाको वेभसाइटको होमपेजमा देखिने ‘रेडियो स्टेसन’मा क्लिक गरेर सबैले सहजै एफएम रेडियो सुन्न सक्नेछन्,’ कार्कीले भनिन्, ‘अब रेडियो सुनाउन र सुन्न कुनै शुल्क लाग्ने छैन ।’ 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *