काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनाको छानविन गर्ने बताएका छन् ।
गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका हुन् ।
‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’
घटनामा २९ प्रहरी घाइते भएका छन् । तीमध्ये ५ जना प्रहरी कोसी अस्पतालमा उपचाररत छन् ।




