काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा प्रस्थान गरेकाे छ ।
चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी नेतृत्वकाे टाेली चीन जान लागेका हुन् । एमाले प्रतिनिधिमण्डल टाेली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत सोमबार बिहान एक साताका लागि चीनतर्फ प्रस्थान गरेकाे एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
टाेलीमा एमालेका उपाध्यक्ष पौडैलसहित नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल रहेका छन् ।




