राजनीति

एमालेको बाकसमा ‘जिरो’ मत पारेर ओलीलाई ठूलो सजाय दिनु पर्छ : झलनाथ

गुल्मी । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आउने निर्वाचनमा एमालेको बाकसमा जिरो भोट (मत) दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी गुल्मी काठमाडौं सम्पर्क मञ्चको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले संविधान उल्लंघन गर्ने व्यक्तिलाई जेल सजाय दिनुपर्नेमा ओलीलाई अहिलेसम्म सजाय नमिलेको बताए ।

नेता खनालले भने, ‘संविधान उल्लंघन गर्ने अपराध गर्ने व्यक्तिलाई खोई सजाय अहिलेसम्म ? त्यसैले आउने निर्वाचनमा ओलीले सबैभन्दा ठूलो सजाय पाउनु पर्छ र उनको बाकसमा जिरो मत दिनुपर्छ ।’ उनले ओलीले पटक-पटक संसद विघटन गरेको सजाय ओलीलाई दिलाउन नेकपा एकीकृत समाजवादीका कार्यकर्ता गाउँ-गाउँमा जानुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *