समाचार

आगामी निर्वाचनमा कम्युनिस्टले छरेका भ्रमलाई जनतामाझ ल्याउनुपर्छ : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचन कम्युनिस्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिस्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ उजागर गर्नुपर्ने बताए ।

महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केही व्यक्तिहरु लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको नभइ कम्युनिस्टको कुरा काट्नुपर्ने धारणा राखे ।

त्यस्तै, उहाले एमसीसी मुलुकको हितमा नै रहेको तर केही दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाए । मुलुकको विकासका लागि एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उनको भनाइ छ ।

उनले जनतामाझ सही सूचना र एजेन्डा स्थापित गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *