राजनीति

कर्णालीमा सुरु भयो निर्वाचन लक्षित कार्यक्रम

गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिइसकेको बताए।

‘घर घरमा पुगेर काँग्रेस कार्यकर्ताले आफ्नो पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार गर्न, विपक्षी पार्टीले फैलाएका भ्रम निवारण गर्न सबै तहका कमिटीलाई सक्रिय बनाएका छौँ,’ वीरेन्द्रनगरका नगर प्रमुखसमेत रहेका सुवेदीले भने, ‘मुलुकका लागि काँग्रेस किन आवश्यक छ ? हामीले के काम गर्‍यौँ ? भनेर जनतालाई बुझाउने कोसिस गर्छौँ ।’

नेकपा (माओवादी केन्द्र) ले पनि स्थानीय तह निर्वाचनको तयारी थालेको छ । माओवादी केन्द्रले शुक्रबार वीरेन्द्रनगरमा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गर्‍यो ।

यसअघि अधुरो रहेको पार्टीको प्रदेश कमिटीलाई पूर्णता दिनुका साथै प्रशिक्षण मुख्य गरी आसन्न स्थानीय तह निर्वाचन लक्षित नै थियो । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि निर्वाचन लक्षित आफ्ना गतिविधि बढाउँदै गएको छ ।

वडा तहसम्म पार्टी कमिटी निर्माण, भ्रातृ सङ्गठनको कमिटी गठनमा सो पार्टीले जोड दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताको उपस्थितिमा शनिबार वीरेन्द्रनगरमा सभा सम्पन्न गर्‍यो ।

पार्टीका केन्द्रीय सदस्य सन्तोषी सिंह ठकुरीले गणतन्त्रवादी दलहरुबाट भएका विसङ्गतिपूर्ण क्रियाकलापको भण्डाफोर गर्दै हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनालाई मुख्य एजेन्डा बनाएर जनतामाझ जान केन्द्रीय नेतृत्वले निर्देशन दिएको बताइन् ।

सभालाई केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही लगायतका नेताले सम्बोधन गरेका थिए । यसैबीच, स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको चर्चा सुरु हुन थालेको छ । कतिपय नेताले सामाजिक सञ्जालमार्फत प्रचार गर्न थालिसकेका छन् ।

विशेष गरी प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा जित हासिलका लागि दलहरुले आफ्नो सक्रियता तीव्र पार्नुका साथै सम्भावित आकाङ्क्षीबारे चर्चा चलाइएको छ ।

स्थानीय तह जितेमा स्रोतसाधनको अधिकतम परिचालन गर्न सकिने र राष्ट्रियसभा निर्वाचनमा पनि मद्दत पुग्ने भएकाले दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । कर्णालीमा ७९ स्थानीय तह छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *