काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच एमसीसी अनुमोदन भएपछिको अवस्था, स्थानीय निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले बतायो ।
यसअघि आजै प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको छ । नेपालले बालुवाटार पुगेर स्थानीय निर्वाचनबारे छलफल गरेका छन् ।
राष्ट्रिय जनमोर्चा बाहिरिए पनि ४ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने रणनीति बनाएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी आगामी निर्वाचनसम्मै तालमेलसहितको गठबन्धन चाहन्छन् । तर, चुनावी मोर्चाका लागि कांग्रेस भने अझै तयार भइसकेको छैन ।




