काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको पार्टी कार्यालय अगाडि एमसीसीको विरुद्धमा विरोध प्रदर्शन भइरहेको छ।
आज बस्न लागेको कार्यकारिणी समितिको बैठकमा एमसीसीको विषयमा छलफल हुने हुदा एमसीसीको पक्षमा निर्णय नहोस् भन्ने लागि प्रदर्शन भइरहेको प्रदर्शनकारीहरुले बताए ।
पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने तयारी भइरहेको बेला एमसीसीको पक्षमा निर्णय नहोस् भनि दवावका लागि प्रदर्शन भइरहेको हो।
बैठक ग्वार्कोस्थित इन्द्रेणीमा बस्ने तयारी भइरहेको र बैठक बस्न अझै केही समय लाग्ने कार्यालय सचिव प्रकाश अधिकारीले बताए।




