काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसी व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा हुने पठनपाठनमा लगाइएको रोकलाई निरन्तर राख्न सिफारिस गरेको हो ।
यसअघि सरकारले माघ १५ गतेसम्मलाई विद्यालयमा भैतिक उपस्थितिमा पढाई गर्न रोक लगाउने निर्णय गरेको थियो ।




