संकल्पखबर। आजदेखि काठमाडौंका दुईवटा अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप दिइँदै छ।
खोप लगाउन छुटेका किशोरकिशोरीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई फाइजर खोप दिन लागिएको हो।
खोप लिन आउनेको संख्या हेरेर अबका केही दिनसम्म ती अस्पतालबाट खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।
काठमाडौंबाट हालसम्म यो उमेर समूहका दुई लाख ८१ हजारजनाले फाइजर खोप लिइसकेका छन्।




