समाचार

खुला कांग्रेस केन्द्रीय सदस्यमा आधा नयाँ र युुवा अनुहार


काठमाडौं । ३५ जना खुला कांग्रेस केन्द्रीय सदस्यमध्ये आधा भन्दा बढी नयाँ अनुहार निर्वाचित भएका छन । खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित हुने नयाँ अनुहारमा अधिकांश युवा छन । तरुण दल, नेविसंघ र पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका युवाहरुलाई यस पटक प्रतिनिधिले रोजेका छन ।


उदयशमशेर राणा, रामहरि खतिवडा, जीतजंग बस्नेत, नैनसिंह महर, कुन्दराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, सञ्जय गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदन अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, गणेश लामा, मोहोन आचाय, कृष्ण किशोर घिमिरे पहिलो पटक केन्द्रीय समितिमा निर्वाचित भएका हुन । घिमिरे यस अघि आमन्त्रित केन्द्रीय सदस्य मात्र थिए । जीपछिरिङ लामा १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पराजित भएका थिए । लामा अहिले लोकप्रिय मत ल्याएर निर्वाचित भएका छन ।


सिनयर नेताहरुले केन्द्रीय सदस्यमा चुनाव लड्दन आकांक्षा प्रकट नगरेका कारण यसपटक नयाँ अनुहारले केन्द्रीय समितिमा प्रवेश गर्न अवसर पाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *