समाचार

मधेसीतर्फ सहमहामन्त्रीमा यादव विजयी

काठमाडौँ । नेपाली काङ्ग्रेसको १४औँ केन्द्रीय महाधिवेशनअन्तर्गत मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी भएका छन् । शुक्रबार काङ्ग्रेसको केन्द्रीय कार्यालय, सानेपामा भएको मतगणनाअनुसार यादव मधेसी क्लस्टरमा निर्वाचित भएका हुन् ।

यसअघि आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ जीवन परियार, मुस्लिमतर्फ र खस-आर्यतर्फ किशोरसिंह रााठाैर, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे र थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चाैधरी विजयी भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *