काठमाडौं।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार कल्याण गुरुङले आफू निर्वाचित भए पार्टीका हरेक अवसरलाई न्यायोचित वितरण गर्ने बताएका छन् ।
आफू सभापति पदमा निर्वाचित भए पार्टीभित्र प्राप्त हुने हरेक अवसरलाई समान र न्यायोचित तवरले वितरण गर्ने उनको भनाइ छ । उनले काङ्ग्रेसका हरेक कार्यकर्तालाई राजनीतिक सदस्यता र राजनीतिक न्याय दिने बताए ।
उनले भने, ‘राम्रोसँग मतदान भइरहेको र साथीहरूले कल्याण गुरुङलाई भोट हालिरहनु भएको छ ।’ यही अनुपातमा मत खस्ने हो भने आफूले अत्यधिक मतले निर्वाचन जित्ने गुरुङले बताए ।
बिनाप्यानल सभापति पदमा उम्मेदवारी दिएका उनले अरू पदमा साथीहरूलाई मिलाएर सहयोग गर्ने बताए ।




