राजनीति

शशांक, रामशरण, अर्जुननरसिंह केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं।एक समयका प्रभावशाली कांग्रेस नेताहरू १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुने भएका छन् । जो यसअघि कांग्रेसको पदाधिकारी भइसकेका छन् ।

कांग्रेस महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय सदस्यका उम्मेदवार हुने भएका छन् ।

यसअघि केसी र महत कांग्रेस सहमहामन्त्री भइसकेका छन् । दुवैले केन्द्रीय सदस्यको मनोनयन दर्ता गरेका छन् ।

शशांक भने केही समयपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न जाँदैछन् । उनलाई केन्द्रीय सदस्यको सूचीको पहिलो नम्बरमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *