काठमाडौं । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि धमाधम उम्मेदवारी मनोनयनको काम भइरहेको छ । आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो ।
यस्तैमा, काङ्ग्रेसका नेता महेश आचार्यले पार्टी उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । काङ्ग्रेसको १४औँ महाधिवेशनका लागि नेता आचार्यले शनिबार राष्ट्रिय सभागृह पुगेर उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।
शनिबार नेताहरूले पार्टी नेतृत्वका लागि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । पार्टी सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवासहित शीर्ष आधा दर्जन नेताले दाबी गर्दै आएका छन् ।
काङ्ग्रेस समितिले मनोनयन दर्ताका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी–विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ ।




