राजनीति

कांग्रेस कोन्द्रीय सदस्यमा थलकुमार लिंखाको उम्मेदवारी घोषणा

काठमाडौं । चार दशक लामो सक्रिय राजनीतिका अविश्रान्त योद्धा थलकुमार लिंखाले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजनीतिक भ्रमण गरेका लिंखाले १४ औं महाधिवेशनको उद्घाटन शत्र सकिएसँगै केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन । कांग्रेस राजनीतिमा चार दशक लामो कुर्वानी गरेका लिंखा आफू केन्द्रीय सदस्यको स्वभाविक हकदार भएको बताउँछन ।
त्याग,सर्मपर्ण,निष्ठाका पर्याय लिंखा २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हुन । संखुवासभाको मादी माविबाट उनले नेविसंघको राजनीतिक यात्रा सुरु गरेका हुन ।
वि.सं २०३८ सालमा संखुवासभा नेविसंघको जिल्ला कार्यसमिति सचिव,२०४२ सालमा हात्तिसार क्याम्पस धरानको नेविसंघ इकाई सभापति, २०४४ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका लिंखा २०४८ सालमा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय सदस्य बने । लोकतान्त्रिक आन्दोलनका अथक यात्री लिंखा २०५३ सालपछि उनी ५ पटक संखुवासभाबाट पार्टीको महाधिवेशन÷महासमिति सदस्य बनिसकेका छन ।
२०७० संविधिान सभा निर्वाचनमा समानुपातिक उम्मेदवार बन्ने बाहेक उनले हालसम्म लाभको पद भने प्राप्त गर्न सेकेका छैनन । संस्थापन पक्षीय युवा नेता लिंखा पार्टी पार्टीका नेता तथा कार्यकर्ताको सल्लाहमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताउँछन । लिंखा लामो समदेखि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेता हुन । लिंखा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्राईले पनि पत्याएका नेता हुन ।
देशव्यापी नेटवर्क बनाएका लिंखा जनजातति समुदाय लोकप्रिय नेता मानिन्छन । पार्टीप्रतिको समर्पण त्याग, लगानी र दुःख गर्ने कुरामा जनजाति समुदायमा उनको भूमिका उल्लेख्य रहेका कांग्रेसका नेता कार्यकर्ता बताउछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *