काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरेका छन् ।
शुक्रबारबाट सुरु भएको नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्नेक्रममा ओलीले देउवालाई पूर्वधानमन्त्री भनेका हुन् ।
उनले बोल्ने क्रममा देउवालाई पूर्वप्रधानमन्त्री भने पनि सच्याएनन् ।




