समाचार

प्रकाशमानले सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने

काठमाडौं । नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

सिंहले शनिबार बिहान ८ बज सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।

कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ ।संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन । हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानी उत्रिने देखिन्छ । संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् । कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् ।

संस्थापन इतरबाट एउटै साझा उम्मेदवार बनाउनुपर्ने मतमा रहेका गगन थापाले बिहीबार महामन्त्रीमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *