राजनीति

सिटौला समूहले उम्मेदवारी घोषणा थाती राख्यो

काठमाडौं।पार्टीको १४औँ महाधिवेशनमा आज आफ्नो टिमको उम्मेदवारी घोषणा गर्ने भने पनि नेता कृष्ण सिटौला समूहले त्यसलाई थाती राखेको छ ।

नेता सिटौलाको सम्पर्क कार्यालय बानेश्वरमा केहीबेरअघि सकिएको भेलाले उम्मेदवार घोषणा नगरेको एक नेताले बताए ।

त्यहाँ नेता सिटौला, सो समूहबाट महामन्त्रीका सम्भावित उम्मेदवार प्रदीप पौडेल, खानेपानी मन्त्री उमाकान्त चौधरी, नेता शिव हुमागाईं, प्रदेश १ सभापति उद्धव थापा लगायतले बोलेको भेलामा सहभागी काङ्ग्रेस झापा सचिव कृष्ण हुमागाईंले बताए ।

आवश्यक सल्लाह गर्नुपर्ने भएपछि उम्मेदवारी घोषणा नगरिएको बताइएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *