समाचार

काङ्ग्रेस प्रदेश १ अधिवेशन : पाँच घण्टापछि सुरु भयो मतगणना

काठमाडौँ ।नेपाली काङ्ग्रेस प्रदेश १ को मतगणना ढिलो गरी सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको आइतबार दिउँसोबाट मतगणना सुरु भएको हो ।

निर्वाचन समितिका अधिकृत भरत थापाका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । आइतबार बिहान ८ बजेबाट मतगणना सुरु गर्ने तयारी थियो । तर उम्मेदवारका प्रतिनिधि ढिलो आएपछि दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो ।


प्रदेश १ अधिवेशनमा काङ्ग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा सभापतिका उम्मेदवार छन् ।
शनिबार मतदान पनि साढे ६ घण्टा ढिलो सुरु भएको थियो । बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि विवादका कारण साढे ६ घण्टा ढिलो दिउँसो २ः३० बजेबाट सुरु भएको थियो । निर्वाचनमा एक हजार सात सय ५३ मत खसेको थियो ।

प्रदेश १ अधिवेशनमा काङ्ग्रेसका एक हजार आठ सय पाँच जना मतदाता प्रतिनिधि थिए । ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *