काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्वर ६ बाट प्रतिनिधिमा निर्वाचित भएका छन् ।
हिजो भएको अधिवेशनबाट परियार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
लामो समय पत्रकारिता गरेका परियार यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको रुपमा काम गरेका थिए । अहिले पनि प्रेसको जिम्मेवारी उनले नै सम्हालेका छन् । तनहुँ स्थायी घर भएपनि पछिल्लो १० बर्षदेखि पार्टी राजनीतिमा उनी काठमाडौं क्षेत्र नम्वर ६ मा केन्द्रित थिए ।




