शिक्षा / स्वास्थ्य

पाँच जिल्लामा छैनन् कोरोनाका बिरामी

काठमाडौं ।देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्।

ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।

यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।

हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *