समाचार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।

बैठकमा विभिन्न मन्त्रालयका एजेन्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । साथै आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढीपहिरोले पुर्याएको क्षति र पीडितलाई राहतको व्यवस्थाबारेर निर्णय हुने छ । पछिल्लो समय बाढी र पहिरोका काराण मानवीय र भौतिक क्षति भएपछि सरकारले राहत प्याकेज घोषणा गर्ने तयारी गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *