काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली भारत भ्रमणमा निस्किएको हो ।
बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने छ । महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन्
। तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका बताए ।




