राजनीति

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन्। काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय गरिने बताए।

उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकोमा चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीमा सबै सदस्यको समान हैसियत हुने र आवश्यकताअनुसार जिम्मेवारी फरकफरक हुने बताए। उनले मुलुकमा निरङ्कुशताविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *