समाचार

नेकपा एकिकृत समाजादीको चुनाव चिन्ह कलम हुने

काठमाडौं । नेकपा एकिकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने भएको छ ।

आज बसेको स्थायी कमिटीको बैठकले चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाले दिएको जानकारीअनुसार एकिकृत समाजवादीले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ । जुन सचिवालयको बैठक शुक्रबार बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *