राजनीति

माधव नेपाललाई दिइयाे एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा पाएका छन् ।

बिहीबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा दिएको नेता विरोध खतिवडाले जानकारी दिए । अहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको र त्यसमा अध्यक्ष नेपालले आफ्नो कुरा राखेर टुंग्याउने उनले बताए ।

सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । एकीकृत समाजवादीले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउन सक्ने स्राेतकाे भनाई छ ।

सरकारले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *