राजनीति

एमाले विधान महाधिवेशन- राजनीतिक र सांगठनिक प्रस्ताव पारित

काठमाडौं । एमालेको विधान महाधिवेशनले राजनीति प्रतिवेदन र सांगठनिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।

ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको हो । यस्तै महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रस्तावलाई पनि महाधिवेशनले संशोधनसहित पारित गरेको छ ।

विधान महाधिवेशनले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पनि यसअघि नै पारित भैसकेकाे छ ।

महाधिवेशनमा भएका भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि समूहगत रूपमा छलफल भएका थिए । छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित नेताले जवाफ दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *