समाचार

इलाम अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

इलाम अस्पताललाई “सहयात्रा नेपाल’ नामक संस्थाले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । इलाममा रहेको संस्थाले मङ्गलबार एक कार्यक्रमबीच स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।

फे«ण्डस अफ युकेको आर्थिक सहयोगमा प्राप्त करिब पाँच लाख मूल्य बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हेमकुमारी शिवाले जानकारी दिनुभयो ।

कोरोना महामारी नियन्त्रण गर्न सहज होस् भनेर इलाम अस्पताललाई सो सामग्री उपलब्ध गराइएको अध्यक्ष शिवाको भनाइ छ । कोभिड– १९ महामारी नियन्त्रणमा सहयोग गर्न संस्थाले यसअघि पनि सहयोग गर्दै आएको बताइएको छ । विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको शिवाले बताए ।

सामग्री जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र संस्थाका प्रतिनिधिले इलाम अस्पतालका निमित्त प्रमुख डा.विश्रुत सापकोटा, अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई हस्तान्तरण गरेका थिए । समन्वय समिति इलामका प्रमुख बरालले प्राप्त सामग्री अस्पतालमा उपचार गर्न आउने नागरिकको लागि महत्वपूर्ण भएको बताए ।

अस्पतालका निमित्त प्रमुख डा.सापकोटाले कोभिड महामारीको बेला र अन्य समयमासमेत बिरामीको उपचारमा प्राप्त उपकरण सदुपयोग गर्ने बताए ।

सहयात्राले यसअघि इलाम अस्पताललाई कोरोना परीक्षण र महामारी नियन्त्रणमा सहयोग पुर्याउन एन्टिजेन किट, मेसिन, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) लगायतका सामग्री उपलब्ध गराएको संस्थाका सविता पाण्डेले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *