समाचार

नागरिक अगुवाबाट दुई जना मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय मध्येबाट दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने सत्तारुढ गठबन्धनमा आवद्व दलहरुबीच सहमति भएको हो ।

पाँच दलीय गठबन्धनमा रहेका एक नेताका अनुसार दुई मन्त्री आन्दोलनमा सक्रिय सहभागि नागरिक अगुवाबाट बनाउँने टुंगो लागेको छ । तर ति दुई जना स्वतन्त्र व्यक्ति कसलाई बनाउँने भन्ने टुंगो लाग्न सकेको छैन् ।

स्रोतअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक–एक जना स्वतन्त्र व्यक्ति छनोट गरेर मन्त्रीका लागि सिफारिस गर्नेछन् । स्वतन्त्र नागरिक अगुवाबाट दुई जना मन्त्री बन्ने भएपछि ति दुई स्वतन्त्र नागरिकको अहिले खोजी भईरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *