समाचार

नुवाकोटको बेलकोटगढी सभापतिमा लेखनाथ मुडभरीको प्यानल नै विजयी

नुवाकोट । नेपाली कांग्रेसको बोलकोटगढी नगरकमिटीको सभापतिमा लेखनाथ मुडभरीको प्यानल नै विजयी भएको छ । दुई वटा प्यानलसहित मैदानमा निस्किएका कांग्रेसको स्थानीय नेतृत्वमा सबै अर्जुननरसिंह केसी र जगदिश्वरनरसिंह केसी निकटको प्यानलका कार्यकर्ता विजयी भएका छन ।

केसीको समर्थनमा मुडभरीले प्यानल बनाएका थिए भने कांग्रेस सहमहामन्त्री डा प्रकाशरण महतको समर्थनमा कृष्णप्रसाद पाण्डेले प्यानल बनाएका थिए । नगरको केन्द्र बाघखोरमा स्थानीय नेतृत्व चयनका लागि भएको मतदानमा सबै मुडभरी नेतृत्वको प्यानलका सदस्यले जित हात परेका छन ।

उपसभापतिमा दुर्गाप्रसाद पुडासैनी र दुर्लभबहादुर तामाङ विजयी भएका छन । उनीहरूले महत समूहको समर्थन रहेका प्रेमबहादुर अधिकारी र सानुकान्छा तामाङलाई पराजित गरे ।

सचिवमा प्रेसप्रसाद लामिछाने र हर्कबहादुर तामाङ विजयी भएका छन । यउनीहरू पनि केसी निकटका नेता हुन । उनीहरूले महत निकटका रामचन्द्र लामा र सागर न्याैपानेलाई पराजित गरे ।

त्यस्तै सहसचिवमा अर्जुनप्रसाद दाहाल र राजुमान लामा विजयी भएका छन । उनीहरू पनि केसी निकटकै हुन । उनीहरूले महत निकटका रविन दाहाल र कान्छा तामाङलाई पराजित गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *