समाचार

काँग्रेसको पोखरामा महानगर सभापतिमा विजुक्छे विजयी

पोखरा । नेपाली काँग्रेसको पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान विजुच्छे विजयी भएका छन् । विजुक्छेले ४ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरे ।

विजुक्छे काँग्रेसमा पौडेल पक्षका हुन् ।त्यस्तै उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भएका छन् । यस्तै टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिवमा विजयी भएका छन् । सहसचिवमा संघर्ष कोइराला र सन्जय आले निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनको मतपरिणाम आइतबार बिहान सार्वजनिक भएको हो । निर्वाचनमा कुल १ हजार ३ सय ४४ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *