राजनीति

एमाले विधान महाधिवेशनमा प्रस्तुत हुने तीन प्रस्तावमाथि छलफल गर्न १० समूह गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० समूह गठन गरिएकाे छ ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न १० समूह गठन गरिएकाे हाे ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार छलफलका लागि केन्द्रीय कमिटीकाे बैठक भोलि बिहान ११ बजे बस्ने तय भएकाे छ ।

भोलिको बैठकमा समूहगत छलफलको सुझावलाई प्रस्तुत गरिने रिजालले बताए। एमालेकाे विधान महाधिवेशन असोज १५–१७ गते बस्ने तयारी गरिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *