काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुसहित १४ जना सांसदहरु निर्वाचित सांसद भएको भन्दै एमालेले कानूनको कुरा गर्न नसुहाउने बताएका छन् ।
संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले संविधान र कानूनको कुरा गर्नु लाजमर्दो भएको टिप्पणी गरे । एमाले सांसदहरुले संसद अवरुद्ध गरेको विषयमा उनले भने,‘उहाँहरुले संविधान र कानूनको कुरा गर्नु पनि लाजमर्दो कुरा हो ।’
अध्यक्ष नेपालले नेकपा एकिकृत समाजवादी पार्टी वैधानिक रहेको भन्दै एमालेले विरोध गर्नुको अर्थ नरहेको बताए ।
नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका सांसदहरुको कारबाहीको जानकारी सभामुखले सार्वजनिक नगरेको भन्दै आजको बैठक अवरुद्ध गरेको थियो । एमालेले अध्यक्ष नेपाल नेतृत्वको पार्टी अवैध रहेको दाबी गदै संसद अवरुद्ध गरेको थियो ।




