समाचार

विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानवअधिकार आयोग

काठमाडौं ।गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै दार्चुलाका जयसिंह धामी प्रकरण तथा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास योजनालगायतका विषयलाई लिएर भैरहेको आन्दोलनलाई लक्षित गरी सरकारले प्रकाशित गरेका विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

गृह मन्त्रालयले भदौ १८ र २० गते जारी गरेको विज्ञप्तिमा मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधि गर्ने उपर सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र कानून बमोजिम कडा कारबाही गर्ने तथा उच्छृङ्खल गतिविधि नगर्न सचेत गराउँदै विरोध प्रदर्शनलाई निरुत्साहित गर्ने, त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कडा कारबाही गरिने व्यहोरा उल्लेख गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *