काठमाडाैं । सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सुनुवाइ स्थगित गर्न अन्तरिम आदेश दिएको छ।
संवैधानिक इजलासमा संवैधानिक नियुक्ति सम्बन्धी रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्ने÷नबस्ने टुङ्गो नलागे सम्म उक्त रिटको सुनुवाइ नगर्न÷नगराउन बिहीबार अन्तरिम आदेश जारी गरेको हो।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको सर्वोच्चका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए।






