समाचार

प्रधानमन्त्री देउवा र बेलायती राजदूतबीच छलफल

काठमाडौं । विश्व जलवायु सम्मेलन (कोप २६) सुरु हुन दश साताभन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

बेलायती राजदूतावासका अनुसार परराष्ट्र मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तनविरुद्धको योजना र महत्वाकाङ्क्षी कार्यक्रमबारे छलफल भएको थियो ।

भेटवार्तामा कोभिड-१९ महामारी नियन्त्रण र द्धिपक्षीय सहायताबारे पनि छलफल भएको जनाइएको छ । नोभेम्बर १ देखि १२ सम्म कोप-२६ बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *