समाचार

नेपालमा कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाउने साढे ७२ लाख

काठमाडौं । पछिल्लो समय नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या बढ्दै गएको छ । कोरोनाविरुद्धको खोपको दुवै डोज लगाउनेको संख्या साढे ७२ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ७२ लाख ६३ हजार ७०२ जनाले कोरोनाको पहिला वा दुवै डोज खोप लिइसकेका छन् ।

हालसम्म ४५ लाख ४१ हजार ६८२ जनाले पहिलो डोज खोप मात्र लगाएका छन् । दोस्रो डोज खोप लगाउनेको संख्या साढे २२ लाख नाघेको छ।

यसैबीच, आगामी १४, १५, १६ र १७ अगस्टमा चीनबाट ३२ लाख डोज भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नेपाल वायुसेवा निगमको बाइडबडी जहाज चार्टर गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *