समाचार

सुदूरपश्चिम प्रदेशका पहिलो प्रमुख मल्लको निधन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

लामो समयदेखि निमोनियाले पीडित मल्ललाई कोभिड देखिएपछि निदान अस्पताल, ललितपुरमा भर्ना गरिएको थियो।

उपचारको क्रममा बिहीबार बिहान मल्लको निधन भएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई संघीय संरचना कार्यान्वयन गराउन नियुक्ति गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *