समाचार

प्रधानमन्त्री–बेलायती राजदूतबीच भेट, अस्ट्राजेनेका खोप सहयोग माग

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यतः कोभिड–१९ विरूद्दको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले नेपाली जनताका लागि अस्ट्रोजेनेका खोप उपलब्ध गराउन अनुरोधसमेत गरेको थापाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *